काठमाडौँ– नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सत्तामा फर्किने इच्छा भए २०८४ को चूनावमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएकी छन् ।


ADVERTISEMENT


आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै न्यौपानले मुलुकको व्यवस्थाप्रति पूर्वराजा शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउदै सत्तामा फर्किने इच्छा भए २०८४ को चूनावमा भाग लिन सुझाव दिएकी हुन् ।


ADVERTISEMENT

# # #


उनले नेपालमा लोकतान्त्रिक गणतन्त्रको कसैको कृपाले नभइ जनताको शक्तिले आएको भन्दै यसमाथिको प्रहार सह्य नहुने जिकिर गरिन् । मुलुकमा लोकतन्त्रको बिकल्प लोकतन्त्रमात्रै भएकाले कुनै पनि बहानामा गणतन्त्रमाथिको प्रहार स्वीकार्य नभएको उनको भनाइ छ ।

उनले संसद जनताको आवाजको थलो भन्दा पनि आरोप–प्रत्यारोपको थलो बन्दै गएकाले लोकतन्त्रीक गणतन्त्रका लागि लडेकाहरु सचेत हुन जरुरी रहेको बताइन् ।