काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबहाक सभापति डोलप्रसाद अर्यालले राज्यको उच्चतहमा पुगेका नेता तथा व्यक्तिहरुको सम्पति छानविनका उच्चस्तरीय आयोग बनाउन आग्रह गरेका छन् ।


ADVERTISEMENT


आइतबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै अर्यालले प्रधानमन्त्रीले आफुपनि भ्रष्टाचार नगर्ने र गर्न नदिने बताउँदै आएको भन्दै राज्यको उच्च निकायमा सवैको सम्पति छानबिनका लागि उच्चस्तरीय शक्तिशाली छानबिन आयोग बनाउन आग्रह गगरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले वर्तमान प्रधानमन्त्रीले आफ्नो र सत्तारुढ दलका नेतामाथि लाग्दै आएको आरोपको छानबिनका लागि मार्गप्रशस्त गर्ने हिम्मत देखाउन समेत सुझाव दिए ।

संसदबाट प्रश्न उठेपछि आफ्ना सभापतिमाथि छानबिन गर्न तयार भएको र अहिले कानुनी लडाई लडिरहेको भन्दै उनले सरकार र सदन समेत अन्य नेताको छानबिनका लागि तयार हुनुपर्ने बताए ।

त्यस्तै उनले सभापतिको नागरिकका विषयमा पनि सांसदहरुले प्रश्न उठाएको भन्दै पार्टी सभापतिको नागरिकता सांसदको घरमा नभइ आवश्यक पर्ने निकायमा उपलब्ध गराइने स्पष्ट पारे । सहकारी प्रकरणमा दुई दलको दम्भले नभइ नीति र विधिमार्फत छानविन हुनुपर्ने उनको भनाइ छ ।