काठमाडौँ – काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा लेबनानले सान्त्वना जित हासिल गरेको छ ।


ADVERTISEMENT


आइतबार काठमाडौंको त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा भएको आफ्नो अन्तिम खेलमा लेबनानले कीर्गिस्तानलाई २-० गोल अन्तरले पराजित गरेको हो । लेबनानका लागि क्रिस्टी मालुफले खेलको १३ औं मिनेटमा र म्या रोस महन्ना २२ औं मिनेटमा गोल गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा कीर्गिस्तानले तीन वटै खेलमा हार व्यहोर्न बाध्य भयो । लेबनान र कीर्गिस्तान यसअघि नै प्रतियोगिताको उपाधि होडबाट बाहिरिसकेका छन् । प्रतियोगिताको फाइनलमा नेपाल र म्यानमार पुगेका छन् ।