काठमाडौँ– सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन् ।
सोमबार इन्स्पेक्टर जोशीविरुद्व मृतक महतको परिवारले आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए । सोही आधारमा इन्स्पेक्टर जोशी पक्राउ परेका हुन् ।
परिवारले मृतक र जोशी प्रेमी प्रेमिका रहेको दाबी गरेका छन् । पक्राउ परेका इन्स्पेक्टर २३ नम्बर गण तनहुँमा कार्यरत छन् ।



























































