रुपन्देही – भारतको उडिसामा मृत्यु भएकी भैरहवाकी प्रकृति लम्सालको घरमा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत पुगेका छन् ।


ADVERTISEMENT


उनले सामाजिक सञ्जालमार्फत जानकारी दिदैँ मृतक लम्सालको घरमा पुगी उनका आमाबाबुसंग प्रत्यक्ष भेट गरेको बताएका छन् । उक्त भेटमा लम्सालको रहस्यमय मृत्युको न्यायका लागि वार्ता गर्दै परिवारप्रति समवेदना प्रकट गरिएको उनले जनाए ।


ADVERTISEMENT

# # #


यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले भने टेलिफोन गरी मृतकका परिवारलाई समवेदना दिएका छन् । प्रधानमन्त्री ओलीले दुःखद घटनाले निकै पीडा दिएको बताउँदै निष्पक्ष छानबिनको पहल भइरहेको र स्वर्गीय प्रकृति लम्सालको न्यायका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘घटनामा संलग्न दोषीहरूलाई कारबाही गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता सरकारले जनाएको छ, सुरुवाती समयदेखि नै पहलकदमी लिएको छ’ उनले भनेका थिए । जवाफमा प्रकृतिका बुवा सुनिलले अब यस्ता घटना दोहोरिन नदिने वातावरण बनाउन प्रधानमन्त्री समक्ष आग्रह गरे ।

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत २१ वर्षिय प्रकृति लम्सालको त्यहाँको होस्टेलस्थित झुण्डिएको अवस्थामा भेटिएको थियो ।