काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच पूर्वाधार तथा ऊर्जा सहकार्यका पाँच महत्वपूर्ण परियोजनाको उद्घाटन र शिलान्यास गरिएको छ ।

सोमबार नयाँदिल्लीमा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा स्वीच थिचेर परियोजनाहरूको उद्घाटन तथा शिलान्यास गरेका हुन् । दुई प्रधानमन्त्रीले चारवटा नयाँ परियोजनाको शिलान्यास गरेका छन् भने एउटा परियोजनाको उद्घाटन गरेका छन् ।


ADVERTISEMENT

# #


शिलान्यास गरिएका परियोजनामध्ये भारतको धार्चुलाबाट नेपालको दार्चुला जोड्ने मोटरेबल पुल पनि रहेको छ । त्यस्तै, बनबासा नाकामा एकीकृत जाँच चौकी निर्माण तथा झापाको चारआलीमा ग्यास पाइपलाइन विस्तार परियोजनाको शिलान्यास गरिएको छ ।

यसैगरी, ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माणको पनि शिलान्यास गरिएको छ । त्यस्तै, भारतको सहयोगमा निर्माण भएको मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको उद्घाटन गरिएको छ । यस परियोजनाअन्तर्गत भारतबाट पाइपलाइनमार्फत पेट्रोल र मट्टितेल ल्याउन थालिएको छ ।


ADVERTISEMENT

#
#


यी परियोजनाले नेपाल–भारतबीचको ऊर्जा, व्यापार, यातायात तथा पूर्वाधार विकासमा सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ ।