काठमाडौँ – कुमारी बैंक लिमिटेड र बालुवाटार, काठमाण्डौ स्थित टेस्ला डायग्नोस्टिक क्लिनिक प्रा.लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई सो क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता बमोजिम क्लिनिकबाट प्रदान गरिंदै आएका सेवाहरुमा ग्राहकहरूलाई प्यथोलोजी टेस्टमा १०%, एमआरआई, एक्सरे, म्यामोग्राम, उल्ट्रासोनोग्राफी, यूएसजी, कलर डप्पलर, बोन माइनरल डेम्सिटी टेस्ट (बीएमटी), डेन्टल अर्थोपेन्टोमोग्राम (ओपीजी)मा ५ देखि १० प्रतिशतसम्म छुट पाइनेछ । यस्तै कोन बिम कम्प्युटेड टोमोग्राफी (सीबीसीटी), इको कार्डियोग्राफी, इलेक्ट्रो कार्डियोग्राममा पनि सोही सीमाको छुट पाइने बैँकले जनाएको छ ।
कुमारी बैँकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।