काठमाडौँ – ऊर्जामन्त्री दीपक खड्काले कुलमान घिसिङको स्पष्टीकरणको जवाफ आएपछि पदबाट हटाउने वा नहटाउने भन्ने निर्णय हुने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार संसद भवनमा कुलमानलाई हटाउने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री खड्काले स्पष्टकरणको जवाफ आएपछि निर्णय लिने जवाफ दिए । कुलमानलाई हटाउन लागिएको हो ? भन्ने प्रश्नमा उनले भने, ‘उहाँको जवाफ पर्खिराखेका छौँ । उत्तर आएपछि भनौँला ।’


ADVERTISEMENT

# # #


उनले नेपालमा भारतबाट बिजुली आयात गरिएका कारण लोडसेडिङ हट्न सफल भएको जिकिर गरे । भारतलाई समेत बिजुली आवश्यक भइरहेको अवस्थालाई नेपाललाई विद्युत दिएर ठूलो सहयोग गरेको उनले बताए । प्राधिकरणका नाफाको बिषय छानविन भएपछि थाहा हुने उनको भनाई छ ।

कुलमानको विषय व्यक्तिगत नभएर सरकारको विषय भएको भन्दै उनले कर्मचारीहरु अनुशासित हुनुपर्ने जिकिर गरे ।