काठमाडौ– फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले चैत्र १ गतेदेखि काठमाडौंमा २६ औं फ्लोरा एक्स्पोको आयोजना गर्ने भएको छ ।


ADVERTISEMENT


फ्यानले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुष्प व्यवसायको व्यावसायिक विकास र प्रवद्र्धन गर्ने उद्देश्यले चैत्र १ देखि ४ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा २६ औं फ्लोरा एक्स्पोको आयोजना गरिएको जनाएको हो ।


ADVERTISEMENT

# # #


‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ आयोजना गरिएको एक्स्पोमा नर्सरी व्यवसायीहरूले उत्पादित गुणस्तरिय फूल तथा आलङ्कारिक बोटबिरुवाहरूको प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।

उत्कृष्ट स्टल, ल्याण्डस्केपिङ्ग, मौसमी फूल, आलङ्कारिक बिरुवा, फुल्ने बिरुवा, पुष्प सजावट तथा कट फ्लावर (गुलाब, जरबेरा, कार्नेशन) विधामा पुरस्कृत गरिने बताइएको छ । त्यस्तै मेलामा आलंकारीक बोट बिरुवाहरु, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री लगाएतको ८२ वटा प्रदर्शनी तथा विक्री कक्ष रहने फ्लोरिकल्चर एसोसिएसन नेपालका बरिष्ठ उपाध्यक्ष एवं मेला संयोजक राम बहादुर तामाङले जानकारी दिए ।

हाल देशका ५२ जिल्लामा करिव २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको फ्यानले जनाएको छ । गत आर्थिक बर्षमा पुष्प तथा पुष्पजन्य बस्तुको बार्षिक निर्यात कारोवार रु १ करोड ३ लाख १२ हजार रहेको थियो भने आयात कारोवार रु २७ करोड ७९ लाख रहेको तथ्याङ्क छ ।