काभ्रे– बागमती प्रदेश स्तरीय अपराध समीक्षा गोष्ठी काभ्रेको धुलिखेलमा शुरु भएको छ ।


ADVERTISEMENT


नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग एवं बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा सुरु गोष्ठीमा प्रदेश भित्रका १० जिल्लाका प्रहरी प्रमुख सहित जिल्लामा अपराध अनुसन्धानमा कार्यरत अधिकृतहरुको उपस्थित रहेको छ ।


ADVERTISEMENT

# # #


कार्यक्रमको उद्धघाटन गदै बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले न्याय सम्पादनमा पीडितले न्याय र पीडकले सजायँ पाउनुपर्ने बताए । नेपालमा वन्यजन्त तस्करी, लागुऔषध बेचबिखन, ओसारपसार तथा पैठारी, मानव बेचविखन, जुवा, आंतङ्कवाद, साइबर क्राइम तथा वित्तिय अपराध प्रमुख अपराध तथा चुनौतिको समेत सामना गर्नुपरेको भन्दै उहाले यस्ता घटनाको छानविनमा पनि निपुण हुन सबै प्रहरी अधिकृतलाई आग्रह गरे ।

कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्त बहादर कुवँरले बाग्मती प्रदेशमा सात हजार तीन सय ४ प्रहरी कर्मचारी रहेको जानकारी गराउँदै एक प्रहरी बराबर चार सय २३ जना नागरिकको सुरक्षामा खट्नुपर्ने बाध्यता रहेको बताए। गत आर्थिक बर्षमा मुलुकभर ६० हजार मुद्दा दर्ता भएकामध्ये बाग्मती प्रदेशमा आठ दशमलव ७९ प्रतिशत, अर्थात् पाँच हजार एक सय ९७ मुद्दा दर्ता भएको उनले जानकारी दिए ।

बढ्दो सहरीकरण, आर्थिक गतिविधि, मुख्य राजमार्ग, आत्महत्या, जबरजस्ती करणी, लागु औषध, बैङ्किङ कसुर, चोरीमा घटना अत्यधिक देखिएकाले यसको न्यूनीकरणमा लाग्नुपर्ने उनले बताए ।

कार्यक्रममा उच्च अदालत पाटनका न्यायधीश श्यामकुमार भट्टराईले जाहेरी दर्ता नगर्ने प्रवृत्ति त्याग्न आग्रह गर्दै जाहेरी दर्ता गरेर अनुसन्धानमा प्रमाणित नभए ‘दरपीठ वा तामेली’मा राख्न सकिने प्रावधान रहेको जनाए । बागमती प्रदेश स्तरीय अपराध समीक्षा गोष्ठी बिहीबार सम्पन्ने हुने बताइएको छ ।