काठमाडौँ –प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित निकालेको छ ।


ADVERTISEMENT


सिद्धार्थ क्रिकेट मैदानमा बुधबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै आर्मी क्लबले लगातार दोस्रो जित हासिल गरेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३ दशमलव ५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।


ADVERTISEMENT

# # #


आर्मीका लागि सन्तोष कार्कीले सर्वाधिक ५५ रनको योगदान गरे । त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ४५ दशमलव ३ ओभरमा १ सय १७ रनको योगफलमा समेटिएको थियो । जितसँगै आर्मीले २ खेलमा ४ अंक जोडेको छ । पराजित सुदूरपश्चिमको ३ खेलबाट २ अंक छ ।

त्यस्तै भैरहवामा रहेको एक्स्ट्रा टेक ओभलमामा भएको खेलमा कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गर्दै पुलिस क्लबले पनि दोस्रो जित हासिल गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६ दशमलव २ ओभरमा १ सय ३४ रनमा अल आउट भयो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रन जोड्यो । पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ६५ रन जोडे । जितसंगै पुलिसले ४ अंक बनाएको छ । लगातार तेस्रो हार बेहोरेको कोशी अंक बिहिन छ ।