काठमाडौं – नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।


ADVERTISEMENT


बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।


ADVERTISEMENT

# # #


बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँबाट ३३.५० प्रतिशतले बढेर ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको १६ अर्ब ३२ करोड रुपैयाँबाट बढेर १७ अर्ब ९२ लाख रुपैयाँ पुगेको छ।

कर्जा नोक्सानी व्यवस्था (इम्पेरमेन्ट चार्ज) अघिल्लो आर्थिक वर्षको ४ अर्ब २० करोड रुपैयाँबाट घटेर २ अर्ब ६७ करोड रुपैयाँमा झरेको छ, जसले खुद नाफा उकास्न मुख्य योगदान पुर्‍याएको छ। त्यस्तै, सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको ९ अर्ब २३ करोड ५४ लाख रुपैयाँबाट २५.२२ प्रतिशतले बढेर ११ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षमा बैंकले शेयरधनीहरूका लागि आकर्षक लाभांश दिन सक्ने बलियो वित्तीय आधार कायम गरेको छ। नियमनकारी समायोजनहरूपश्चात् गत असार मसान्तसम्मको खुद वितरणयोग्य नाफा ४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ भने अघिल्लो आर्थिक वर्षको सञ्चित नाफा र असार मसान्तसम्मको समायोजन पश्चात् बैंकको कुल वितरणयोग्य नाफा ५ अर्ब १६ करोड ९१ रुपैयाँ पुगेको छ। यस अनुसार साधारण शेयरधनीहरूका आधारमा बैंकको प्रतिशेयर वितरणयोग्य नाफा १९ रुपैयाँ १० पैसा कायम भएको छ।

बैंकको गत आर्थिक वर्षको अन्त्यसम्ममा कुल सम्पत्तिको आकार ७ खर्ब ३४ अर्ब रुपैयाँ नाघेको छ। बैंकको चुक्ता पूँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ । सञ्चित नाफा र अन्य जगेडा कोष गरी बैंकको कुल इक्विटी ७१ अर्ब ९० करोड ६५ लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा ग्राहकहरूबाट सङ्कलित निक्षेप १२.९५ प्रतिशतले बढेर ५ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ भने ग्राहकहरूलाई प्रवाह गरिएको कर्जा १२ प्रतिशतले बढेर ४ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको कुल सम्पत्ति ६ खर्ब ३६ अर्ब ७८ करोडबाट १५।३८ प्रतिशतले बढेर ७ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।