काठमाडौँ– समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोषकुमार घिमिरे नियुक्त भएका छन् ।
बुधबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले आगामी वैशाख १ गतेदेखि लागू हुनेगरी घिमिरेलाई ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
टीकानिधि लोहनी संस्थाबाट बाहिरिएसँगै घिमिरे सीईओ बनेका हुन् । लोहनीले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए। फाइनान्सले फागुन २९ गतेदेखि लागू हुनेगरी उनको राजीनामा स्वीकृत गरेको हो ।
हाललाई फाइनान्सका नायब महाप्रबन्धक विनोदराज पौडेलले एक महिनाका लागि कामु सीईओको जिम्मेवारी बताइएको छ ।