काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदनको सुझाव अनुसार अनावश्यक नियन्त्रणमुखी ऐनहरू खारेज गर्न लागिएको बताएकी छिन् ।

सिहदरबारमा सोमबार बसेको अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयकमाथिको छलफलका क्रममा मन्त्री गौतमले नागरिक तथा व्यवसायीको आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने, लागत अनावश्यक बढाउने, गलत प्रयोग हुन सक्ने र वर्तमान सन्दर्भमा असान्दर्भिक तथा अनावश्यक नियन्त्रणमुखी केहि ऐनहरु सशोधन र खारेज गर्न लागिएको बताएकी हुन् ।


ADVERTISEMENT

# #


आर्थिक वर्ष २०८३÷८४ को बजेट वक्तव्यमा समेत असान्दर्भिक पुराना कानुन÷ऐन खारेज गर्ने कुरा उल्लेख गरिएकाले खारेज गर्नुपर्ने ऐन खारेज गर्ने र आवश्यक विषयवस्तु संशोधन गर्ने उद्देश्यका साथ विधेयक ल्याइएको उनले बताइन् ।

मन्त्री गौतमले प्रादेशिक विकास आयोजना कार्यान्वयन गर्ने ऐन, नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, आय टिकट दस्तुर ऐन, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, वित्तीय मध्यस्थताको काम गर्ने संस्थासम्बन्धी ऐन खारेजका लागि पहिचान गरिएको जानकारी दिइन् । त्यस्तै मूल्य अभिवृद्धि कर ऐन, आयकर ऐन र भन्सार ऐनलाई संशोधन गर्न लागिएको मन्त्री गौतमले बताइन् ।


ADVERTISEMENT

#
#


मन्त्री गौतमले राजस्व चुहावट अनुसन्धान ऐन खारेज भएपछि विभागमा विचाराधीन अनुसन्धान वा मुद्दा दायर हुन बाँकी उजुरीमध्ये आयकर, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र गैरकरसम्बन्धी उजुरी आन्तरिक राजस्व विभागमा । चोरी÷निकासी÷पैठारीसम्बन्धी उजुरी भन्सार विभागमा सर्ने व्यवस्था गरिएको उल्लेख गरिन् । विदेशी विनिमयसम्बन्धी कसुरका उजुरी विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ को दफा ११ क बमोजिम तोकिएको अनुसन्धान अधिकारीमा सर्ने व्यवस्था गरिएको उनको भनाइ छ ।