काठमाडौँ– प्राइम टाइम्स टेलिभिजनका पत्रकार ऋषि थपलिया युवा पत्रकारिता पुरस्कार–२०८१ बाट सम्मानित भएका छन्।
उनलाई पाँचौँ एपिक अवार्डको अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यले सम्मान प्रदान गरेकी हुन् ।
पत्रकारितामा एक दशकभन्दा बढी समय बिताइसकेका थपलिया ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका प्रोड्युसर तथा डाइरेक्टर हुन्।
उनले राजनीतिक, सामाजिक, आर्थिक र समसामयिक विषयमा समाजलाई सूचनाको माध्यमबाट मार्गदर्शन गर्दै आएका छन्।