विराटनगर- कोशी प्रदेश सरकारले कोशी प्रदेश सभाको चालु छैठौँ अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


बिहीबार विराटनगरमा बसेको कोशी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश सभाको छैठौँ अधिवेशन बिहीबाररातीबाट अन्त्य गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


बैठकले कोशी प्रदेश जनस्वास्थ्य नियमावली २०८१ समेत स्वीकृति गर्ने निर्णय गरेको छ भने समस्याग्रस्त सहकारी संस्था वा सङ्घ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई नियुुक्त गर्ने निर्णय गरिएको कोशी प्रदेश सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले जानकारी दिए ।

बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका लागि १ करोड २८ लाख ६० हजार रकम बाँडफाड गर्न स्वीकृत प्रदान प्रदान गरिएको उनले बताए । बैठकले प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको लागि अनुमानित सीमा १ अरब ५० करोड तथा राजस्व बाँडफाडको अनुमान सीमा १ अरब १० करोड स्वीकृत गर्ने समेत निर्णय गरेको भण्डारीले जानकारी दिए ।

उहाले उच्च तथा जिल्ला अदालत सुदृढीकरणका लागि १ करोड ५० लाख बाँडफाड गर्न स्वीकृत प्रदान गरेको समेत जानकारी दिनुभयो । त्यस्तै बैठकले राजनीतिक तथा प्रशासन समितिबाट परिमार्जित आर्थिक मामिला तथा योजना मन्त्रालय र मातहतका कार्यालयको संगठन संरचना तथा दरबन्दी २०८१ पनि स्वीकृत गरेको छ ।