काठमाडौँ– रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार रहन मुख्य दलहरूलाई चेतावनी दिएका छन् । आफूले बोल्दा धेरैको बोली बन्द हुने उनको भनाइ छ ।


ADVERTISEMENT


शुक्रबार उच्च अदालत पाटन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा सभापति लामिछानेले रवि लामिछानेले क्रान्तिका लागि समय आउँदै गरेको र त्यसका लागि तयार रहन चेतावनी दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘मैले बोल्ने समय नजिक आउँदैछ । अहिले नै म बोलेँ भने दुई तिहाइको सरकारलाई गाह्रो पर्ला, त्यसैले मलाई बोल्न नलगाउनुस । जब म बोल्ने समय आउँछ, त्यसपछि धेरैको बोली बन्द हुन्छ ।’ आफू सरकारको लाज छोप्न अदालत धाइरहेको उनको टिप्पणी छ । लामिछानेले यो देशको भविष्य युवाहरुको हातमा आउँदै गरेको भन्दै गम्भीर हुने समय रहेको जिकिर गरे ।

लामिछाने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध निवेदन लिएर उच्च अदालत पाटन पुगेका हुन् । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले साठी लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो।

उनले फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनि लामिछानेले दफा ७३ बमोजिम उच्च अदालतमा निवेदन दर्ता गराएका छन् ।

लामिछानेले अब चितवनको सहारा सहकारी सम्बन्धी मुद्दामा त्यहाँको जिल्ला अदालतले माघ २४ गते ५४ लाख धरौटीमा थुनामुक्त गर्ने आदेशविरुद्ध मात्रै उच्च अदालतमा फौजदारी कार्यविधि संहिताको दफा ७३ बमोजिम निवेदन दिन बाँकी छ ।

लामिछानेले कास्की र रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध यसअघि नै पुनरावेदन निवेदन दर्ता गराइसक्नु भएको छ । पर्साको सानो पाइला सहकारीको बचत अपचलनबारे लामिछानेविरुद्ध अनुसन्धान गरिए पनि अहिलेसम्म मुद्दा दर्ता भने गरिएको छैन ।