काठमाडौं- नेपालमा भेस्पा र अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नाडा अटो शो २०२६ को अवसरमा विशेष ‘द सेभिङ एक्स्ट्राभागान्जा’ योजना सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत नाडा अटो शोमा भेस्पा वा अप्रिलिया स्कुटर खरिद वा बुकिङ गर्ने ग्राहकले २८ हजार ५ सय रुपैयाँसम्मको विशेष सुविधा प्राप्त गर्नेछन् । खरिदमा भेस्पा तथा अप्रिलियाका विशेष ल्यापटप ब्यागसहित अन्य आकर्षक अफर उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यो योजना नगद, फाइनान्स तथा एक्सचेन्जमार्फत स्कुटर खरिद गर्ने ग्राहकका लागि लागू हुनेछ ।
नाडा अटो शोमा भेस्पाले ग्राहकलाई फरक अनुभव दिने उद्देश्यले इटालियन क्याफे शैलीको थिममा आफ्नो स्टल तयार गरेको छ । स्टलमा स्कुटरसँगै भेस्पाको जीवनशैली र इटालियन डिजाइनको अनुभव लिन सकिने व्यवस्था गरिएको छ ।
प्रदर्शनीमा अप्रिलिया स्टर्म १२५, एसआर १६०, एसआर १७५ एचपी.ई., भेस्पा जेडएक्स १२५, भेस्पा १२५ र भेस्पा एस १२५ लगायतका नयाँ मोडल प्रदर्शनमा राखिएका छन् ।
भेस्पाले नयाँ रंगसमेत सार्वजनिक गरेको छ । भेस्पा १२५ लाई ‘लायलाक’ र भेस्पा एस १२५ लाई ‘ओरो’ रंगमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।
डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय के. महतोले नाडा अटो शोमार्फत भेस्पा र अप्रिलियाका नयाँ उत्पादन नेपाली ग्राहकसामु प्रस्तुत गर्न पाउँदा उत्साहित रहेको बताए ।
उनले नयाँ अप्रिलिया एसआर १७५ एचपी.ई.ले प्रविधि र प्रदर्शन क्षमताको संयोजन प्रस्तुत गर्ने तथा नयाँ रंगका भेस्पा मोडलले ग्राहकलाई थप विकल्प र आकर्षक इटालियन शैली प्रदान गर्ने बताए ।
भेस्पा तथा अप्रिलियाका नयाँ मोडल र विशेष अफरबारे जानकारी लिन ग्राहकले नाडा अटो शोको स्टल नम्बर TWE-11 मा पुग्न सक्नेछन् ।






























































