काठमाडौँ – समाजवादी मोर्चाले चैत १५ गते गर्न लागेको जनप्रदर्शनलाई कमजोर बनाउने काम नगर्न चेतावनी दिएको छ ।


ADVERTISEMENT


नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले गणतन्त्रपक्षधरको जनप्रदर्शनलाई कमजोर बनाउन अवरोध गर्ने सोच देखिएको भन्दै जनप्रदर्शनलाई कमजोर बनाउने काम नगर्न चेतावनी दिएको हो ।


ADVERTISEMENT

# # #


बैठकपछि नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले मोर्चाको जनप्रदर्शनलाई अवरोध गर्ने मुर्खतापूर्ण काम नगर्न चेतावनी दिए । उनले अग्रगमनका बिरुद्ध हुने अन्य प्रदर्शन सह्य नहुने बताए । चैत्र १५ गते समाजवादी मोर्चाले काठमाडौंको भृकुटीमण्डप र राजावादीहरुले काठमाडौको तीनकुनेमा प्रदर्शन गर्न लागेको छ ।

प्रवक्ता विश्वकर्माले राष्ट्रिय स्वाधीनताको पक्षमा जनप्रदर्शन गरिएको भन्दै सहभागी हुन अपील गर्ने निर्णय गरेको जानकारी दिए । हजारौको संख्यामा जनप्रदर्शनमा सहभागीता हुने र कोटेश्वर, कुपण्डोल, कालिमाटी लगायतका स्थानबाट जुलुशसहित भृकुटीमण्डप पुगेर सभामा परिणत हुने उनले बताए ।

बैठकमा संसदको गतिरोधका विषयमा पनि छलफल भएको थियो । कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयबारे प्रधानमन्त्री केपी ओलीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्न नदिनेमा एकमत रहेको विश्वकर्माले बताए ।