काठमाडौँ– तीनकुनेस्थित राजावादी झडपमा परी सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् ।


ADVERTISEMENT


भाइते हुनेमा काठमाडौं गुहेश्वरका ४३ वर्षीय राजु श्रेष्ठ, करिना साही, पुष्कलराज जोशी, राजेश श्रेष्ठ, बद्री वन, सुमन गुरुङ, निराजन बम, ओमबहादुर श्रेष्ठ, माधव कडेल, शंकर तिवारी, निखिल कार्की, कुमार जंग राना, उद्धव श्रेष्ठ, विकासकुमार गौतम, रोजन पहरी, सुजन थापा, सन्तोष बोहोरा, विकास संगौला, रुद्र कार्की, विशाल निरौला, मनी सिंखडा घाइते भएका छन् ।


ADVERTISEMENT

# # #


त्यसैगरी सशस्त्र प्रहरीका बरिष्ठ हवल्दार चन्द्र बुढा पनि घाइते भएका छन् ।

आन्दोलनकारीले सिमा लगाइएको घेराबन्दी पार गर्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । स्थितीले उग्र रुप लिएपछि प्रदर्शनमा आगलागी, हवाई फायर पनि गरिएको थियो भने हाललाई उक्त क्षेत्रमा कफ्र्यु जारी गरिएको छ ।