काठमाडौँ– विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरुले दिउँसै टर्च बालेर सरकार खोजेका छन् ।


ADVERTISEMENT


सडक आन्दोलन गरेको सात दिन बितिसक्दा पनि सरकारको ध्यान नगएको भन्दै उनीहरुले दिउँसै टर्च बालेर काठमाडौंमा प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT

# # #


काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडताल गरेका छन् । विद्यालयमा पठनपाठन बन्द गर्दै देशभरका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी भएका छन् ।

मंगलबार माइतिघरदेखि बानेश्वरसम्म टर्च बालेर प्रदर्शन गर्दै उनीहरुले यसअघि आफुहरुसंग भएको सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गरेका छन् । लामो समयदेखि सरकारले शिक्षकहरुको माग पुरा नगरेका कारण बाध्य भएर आन्दोलनमा सहभागी हुनुपरेको उनीहरुको भनाइ छ ।

महासंघले आफुहरुको माग सरकारले नसुने थप कडा संघर्षको कार्यक्रम आयोजना गर्ने चेतावनी दिएको छ । प्रदर्शनकारीहरुले पुराना ऐन खारेज गर, नयाँ ऐन जारी गर, लगाएतका नारा लगाएका थिए ।