काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई पत्र नकाट्न सन्देश दिएका छन् ।
बल्खुस्थित आज आफ्नो पार्टीले आयोजना गरेको आमसभामा फोहोर नगरिएको सन्देश दिदैँ उनले बालेनलाई पत्र नकाट्न चेतावनी दिएका हुन् ।
आफ्नो मन्तव्यपछिएउटा कुरा भन्न छुटेछ भन्दै माइकमा फर्किएका लिङदेनले भने, ‘‘एउटा सुचना दिन बिर्सिएछ । हाम्रो बालेनजीलाई।। यो काठमाडामैं महानगरभित्र पर्छ होइन ? बालनजीलाई आजको कार्यक्रमका बारेमा धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु र हाम्रो साथीहरुलाई आफैं सफा गरेर जान आग्रह गर्छु । एउटा केही फोहोर रहनेवाला छैन । पत्रकार नागरिक समाजले पनि अनुगमन गर्नुहोला, भोलि फोहोर गरेवापत भनेर चिठी नआओस् ।’