काठमार्डौँ – झापाको भद्रपुरबाट प्रहरीले नियन्त्रणमा लिएका व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ ।झापा हुँदै विमानमार्फत् काठमाडौं ल्याइएको उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा पुर्‍याइएको छ।


ADVERTISEMENT


उनलाई लिन विमानस्थलमा नेपाल प्रहरीका तीनवटा गाडी भित्रै गएका थिए । त्यसमध्ये डीएसपीको गाडीले सञ्चारकर्मीको आँखा छल्दै वैकल्पिक बाटोबाट उनलाई बाहिर निकालेको हो ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालयबाट विमानस्थलसम्म पुर्‍याउँदा उनलाई हतकडी लगाइएको थियो । विमानमा चढाइसकेपछि भने उनको हतकडी खोलिएको थियो । काठमाडौं ओर्लिएपछि पुनः हतकडी लगाइएको थियो ।

भद्रपुरबाट काठमाडौं ल्याउने क्रममा प्रसाईँले आफ्नो लडाइ तस्करबिरुद्धको भएकाले आफु नआतिएको बताएका थिए । आफै गिरफ्तारी दिएको उनको दाबी छ । प्रहरीले प्रसाईँका साथै उनका सहयोगी दिपक खड्कालाई पनि पक्राउ गरिएको जनाएको छ ।