–जी नेपाल
१. चाप्लुसी र साइनोले बाटो जाली बिगार्छ
समयमै नफाँडे बनमाराले बाली बिगार्छ
अब त देख्नेलाई नै लाजमर्दो हगुवा हो
जोत्ने गोरु नकुट रिसाए फाली बिगार्छ !
२. पहिले पहिले प्रजातन्त्र थियो भकारी ठगहरुको
गणतन्त्र भएको छ अहिले ,सहकारी ठगहरुको
राजा हुनु वा ठगहरु हुनुमा तत्विक फरक देखिदैन
तन्त्र साध्य हो भनि कैले खुल्छ चेत ‘म’ कारी ठगहरुको!
३. कति बिरुवाले फूल लाएनन्
चुँडिए वा के भयो फस्टाएनन्
मकै नलाग्ने घोगाहरु भएपछि
खोयाधरिले यहाँ सुख पाएनन् !