काठमाडौँ– उपभोक्ताको स्वास्थ्य र अधिकार सुरक्षाका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दहालको नेतृत्वमा तीव्र बजार अनुगमन सुरू गरिएको छ। अनुगमनको क्रममा करेन्ट गुट्खा, भोला गुट्खा, भोला पावर खैनी र जीत खैनी को बिक्री वितरण तत्काल रोक्का गरिएको छ।


ADVERTISEMENT


ललितपुरस्थित पशुपति इन्टरनेश्नल बिजनेस प्रा.ली. र काठमाडौंको पशुपति ट्रेडिङ कन्सर्न लाई कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। गुट्खा र खैनीका सामग्रीमा तौलमा समेत अनियमितता भेटिएकाले देशभर नै कारोबार रोक्न आदेश दिइएको विभागले जनाएको छ।


ADVERTISEMENT

# # #


यसअघि आइतबारको अनुगमनमा आनन्द ट्रेडर्स लाई २ लाख जरिवाना गरिएको थियो भने ट्रियु फामेशिया र स्किन फार्मेशी को बिक्री वितरण पनि रोकिएको छ।

महानिर्देशक दहालको सक्रियतामा विभागले एमआरपी नभएका वस्तुमा कडाइ गर्दै कारबाही प्रक्रिया अघि बढाएको छ। बजारमा अनुशासन कायम गर्न विभागले यस्ता अभियान निरन्तर चलाइने जनाएको छ।