कञ्चनपुर– चुरे फेदीको शुक्लाफाँटा नगरपालिका–८ स्थित पिल्लरी गाउँमा सिँचाइ आयोजना निर्माण भइरहेको छ ।


ADVERTISEMENT


भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले ४३ लाख ८२ हजार ३९३ को लागतमा ठेक्का प्रक्रियामार्फत सिँचाइ आयोजनाको काम अगाडि बढाएको हो ।


ADVERTISEMENT

# # #


आगामी असार १५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी गत चैत ६ गते न्यू बम्बादेवी निर्माण सेवासँग कार्यालयले सिँचाइ आयोजना निर्माणका लागि ठेक्का सम्झौता गरेको शुक्लाफाँटा-८ का वडाध्यक्ष बहादुरसिंह महराले जानकारी दिए । उनका अनुसार सम्झौताअनुसार ६४ बिघा क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने गरी काम अगाडि बढाइएको छ ।

आयोजनाअन्तर्गत पम्प हाउस, वितरण प्रणाली, विद्युतीकरण र पानी सङ्कलनका लागि ट्याङ्की निर्माण गरिने वडाध्यक्ष महराले जानकारी दिए । उनका अनुसार हाल पानी सङ्लन गर्न ट्याङ्की निर्माण, पाइपलाइन बिछ्याउने र सिँचाइ बोरिङ गाड्ने काम भइरहेको छ ।

चुरे फेदीको बस्ती भएकाले यस क्षेत्रका कृषिकर्ममा संलग्न किसानले सिँचाइको अभाव खेप्दै आएका थिए । आकासे पानीका भरमा खेती हुँदै आएकामा सिँचाइ आयोजना निर्माण हुने भएपछि किसान खुसी भएका छन् । रासस