काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सरकारको नीति तथा कार्यक्रम समग्रमा ठीक रहेको बताएका छन् ।


ADVERTISEMENT


सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै परम्परागत भन्दा एक स्टेप अगाडि बढ्नुपर्नेमा केही कमी भएपनि नीति तथा कार्यक्रम समग्रमा ठीक रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


मूलभूत रुपमा सरकारको कार्यक्रम कार्यान्वयनमा निर्भर रहने उनले बताए । महतले कृषि क्षेत्रमा उत्पादनका आधारमा मात्र सहयोग गर्ने कुरामा आउन नसकेको, शिक्षाको गुणस्तरका साथै यससम्बन्धी बिषयमा पनि गम्भीर ध्यान दिनुपर्ने उनले बताए ।

उनले अर्थतन्त्र चलायमान बनाउन प्राथमिकिकरण गर्दै परिणाम आउने क्षेत्रबारे ठोस रुपमा आउन जरुरी रहेको जिकिर गरे ।