काठमाडौँ– नेपाली पेन डट कमका प्रधान सम्पादक डा. दीपेश केसीमाथि अदालतको अवहेलना मुद्दामा बयान सकिएको छ । सर्वोच्च अदालतमा बयान दिएपछि प्रारम्भिक बहस भई धरौटीमा छाड्ने आदेश भएको छ ।


ADVERTISEMENT


न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले दुई छुट्टाछुट्दै मुद्दामा ५(५ हजारको धरौटी राखी छाड्ने आदेश जारी गरेको हो ।


ADVERTISEMENT

# # #


यसअघि वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ, अधिवक्ताहरु स्वागत नेपाल, युवराज कोइराला, आशिष पौडेल, विकास भट्टराई, किर्तिनाथ शर्मा पौडेल, विष्णु प्रसाद तिवारी र हरिराज अधिकारीले प्रारम्भिक गरेका थिए ।

बयानका क्रममा डा। केसीले समाचारको सत्यतथ्य जाँचेरै प्रकाशित गरेको स्पष्ट पारे । उनले अदालत र प्रधान्यायाधीश पदको अवहेलना कहिले नगरेको र नगर्ने भन्दै न्यायको पवित्र मन्दिर सधै स्वच्छ र पवित्र रहिरहनुपर्ने मान्यता अनुसार पत्रकारिताको धर्म पालना गरेको बताए ।

उनले समाचारका स्रोतहरु संवेदनशील रहेकाले त्यसको सुरक्षा गर्नुपर्ने दायित्व आफूमा रहेको समेत उल्लेख गरे । उनले संवेदनशील स्रोत खोलेर पत्रकारिताको निर्मम हत्या नगर्ने भन्दै बरु आफू जुनसुकै कारबाही भोग्न तयार रहेको बताए ।

डा. केसीले नेपाली पेनमा निरन्तर रुपमा भ्रष्टाचार, बेथिती र विसंगतिविरुद्ध समाचार प्रकाशित गर्दै आएका छन् ।