काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुरमा क्रिकेट रङ्गशाला निर्माणमा व्यवधान भए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।


ADVERTISEMENT


बिहीबार प्रतिनिधिसभाको शुन्य समयमा झाले जनकपुरमा क्रिकेट रङ्गशाला निर्माणका लागि डीपीआर समेत भइसकेको अवस्थामा यसलाई अगाडी बढाउन ढिलाई भएको भन्दै अव पनि व्यवधान भए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।


ADVERTISEMENT

# # #


लक्ष्मण कुटीको नाममा रहेको १७ विघा जमिनमा रङ्गशालाको डीपीआर गरि साढे २ अर्बको एउटा अन्तर्राष्ट्रिय रङ्गशालाको परिकल्पना भएपनि अघि बढाउन ढिलाई गरिएको उनले बताए । उनले खेलकुद परिषद्ले गुठी संस्थानलाई बार्षिक ९ लाख तिर्ने गरेकोमा अहिले प्रलोभनका कारण भाडा दर ४९ लाख ६० हजार बनाइएको भन्दै आपत्ति जनाए ।

यसमा समृद्ध विचौलिया, समृद्ध दलाल छिरेजस्तो देखिएको भन्दै उनले जनकपुरका युवाहरुको क्रिकेट रङ्गशालाको परिकल्पनामा कुनै व्यवधान भए आन्दोलन चाँडै हुने उल्लेख गरे ।