एजेन्सी – संयुक्त राज्य अमेरिकाले पाकिस्तानको शहर लाहोरस्थित कुटनैतिक नियोगका आफ्ना कर्मचारी र अमेरिकी नागरिकलाई सुरक्षित स्थानमा निर्देशन दिएको छ ।


ADVERTISEMENT


लाहोर र यसको उपनगरीय क्षेत्रको हवाई क्षेत्रमा ‘ड्रोन विस्फोट’ र भारतद्वारा ‘सम्भावित हवाई घुसपैठ’ लाई ध्यानमा राख्दै पाकिस्तानको लाहोरस्थित अमेरिकी महावाणिज्य दूतावासले आफ्ना कर्मचारीहरूलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिएको हो ।


ADVERTISEMENT

# # #


‘वाणिज्य दूतावासले पनि प्रारम्भिक रिपोर्टहरू प्राप्त गरेको छ कि पाकिस्तानी अधिकारीहरूले लाहोरको मुख्य विमानस्थल नजिकैका क्षेत्रहरू खाली गर्न सक्छन्,’ वाणिज्य दूतावासको वेबसाइटमा एक विज्ञप्तिमा भनिएको छ।

उसले अमेरिकी नागरिकहरूलाई सल्लाह दिको छ, ‘जो यी क्षेत्रहरूमा रहेका अमेरिकी नागरिकहरू छन्, सम्भव भएसम्म त्यहाँबाट सुरक्षित स्थानमा सर्नुपर्छ ।’