काठमाडौँ– ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत प्राधिकरणको अहिलेको यथार्थ श्वेतपत्रमार्फत बाहिर ल्याइएको बताएका छन् ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा विद्युत प्राधिकरण घाटामा गएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री खड्काले प्राधिकरणको अहिलेको यथार्थ सार्वजनिक गरिएको भन्दै अध्ययन गर्न सुझाव दिए ।
उनले छिट्टै प्राधिकरणको पछिल्लो वित्तीय विवरण र सम्पत्ति तथा दायित्वको मूल्यांकन (डिडिए) गराउने जानकारी दिए ।प्राधिकरणको श्वेतपत्रप्रति सांसदहरुले राखेका धारणाप्रति मन्त्री खड्काले आफ्नो धारणा राख्न सांसदहरु स्वतन्त्र रहेको प्रतिक्रिया दिए । उनले संसद अधिकारसम्पन्न रहेकाले संसदीय समिति बनाएर छानविन गरे अझ राम्रो हुने टिप्पणी गरे ।
त्यस्तै मन्त्री खड्काले अब मुलुकमा लोडसेडिङ नहुने स्पष्ट पारे ।