काठमाडौँ– वाङमय शताब्दीपुरुष सत्यमोहन जोशीको १०६औँ जन्मजयन्तीका अवसरमा उनको सालिक अनावरण गरिएको छ।


ADVERTISEMENT


ललितपुर महानगरपालिका कार्यालयपरिसरको अग्रभागमा रहेको झनाख्य मेट्रो पार्कमा निर्मित जोशीको अर्धकदको सालिक महानगरप्रमुख चिरिबाबु महर्जनले आज अनावरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


सालिक अनावरणपश्चात् महानगरप्रमुख महर्जनले स्वर्गीय जोशी मुलुककै गहना भएकाले उनको सम्मानमा जीवित छँदै उनको इच्छाअनुसार धेरै कामहरू सम्पन्न गरेको जानकारी दिए।

‘ललितपुरको समृद्धि र सुशासनको आधार सम्पदा, संस्कृतिसहितको स्मार्ट सेवा र पूर्वाधार’ भन्ने नाराका साथ हामीले सेवाप्रवाह गरिरहेका छौँ, उनले महानगरपालिकाको नागरिक भएर सेवा पुर्‍याउनुभएकामा गर्व गर्छौँ, भाषा, साहित्य, संस्कृति र कला क्षेत्रमा उनले गरेको अनुरोधलाई स्वीकार गरेर धेरै काम गरेका छौँ,’ उनले भने ।

महानगरप्रमुख महर्जनले जोशीको इच्छाअनुरूप उनीद्वारा लिखित ‘वैद्य बा’ चलचित्र आजदेखि लबिम मलमा प्रदर्शनमा ल्याइएको जानकारी गराए । ‘जीवितै रहँदा जनताको छोराका नाममा टकमारी, हुलाक टिकट प्रकाशन भएको पहिलो इतिहास हो, एक सय वर्ष प्रवेश गर्दा विशाल जनसागरसहित बग्गीमा राखेर महानगर परिक्रमा गराएका थियौँ, आगामी दिनहरूमा पनि उहाँको योगदानलाई उजागर गर्न वार्षिक बजेटमा समावेश गरेर अन्य कार्यक्रम गर्छौँ, यसका लागि उहाँको घरपरिवार र यहाँका जातीय समुदायको सहयोग आवश्यक छ,’ उनले भने ।

महानगरप्रमुख महर्जनले स्व. जोशीको योगदानलाई चिरकालसम्म स्मरणीय बनाउन महानगरले कुनै कमी नगर्ने बताए । विक्रम संवत् १९७७ वैशाख ३० गते जन्मिएका जोशीको २०७९ असोज ३० गतेका दिन १०३ वर्षको उमेरमा निधन भएको थियो । ललितपुर महानगरपालिकाको अनुरोधमा जोशीले पुर्‍याएको योगदानको सम्मानमा जोशी जीवितै छँदै सरकारले उनको तस्बिरअंकित नेपाली मुद्रा, हुलाक टिकट प्रकाशित गरेको थियोे ।