काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली आज संसद उपस्थित नहुने भएका छन् ।


ADVERTISEMENT


स्वास्थ्यका कारण देखाउदैँ उनी सदनमा उपस्थित नहुने भएका हुन् । यससंगै आजमा प्रतिनिधि सभा बैठकमा हुने भनिएको सांसदहरुसंगको सवालजवाफ स्थगित भएको छ ।


ADVERTISEMENT

# # #


संसद सचिवालयले आज प्रधानमन्त्रीसँग सांसदहरू प्रश्नोत्तरको कार्यसूची राखेको थियो । तर प्रधानमन्त्रीको सचिवालयले स्वास्थ्यका कारण संसदमा उपस्थित हुन नसक्ने जानकारी दिएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

प्रत्येक महिना सांसदहरूसँग प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम अन्तरगत आजको बैठकमा कार्यसूची राखिएको थियो । प्रधानमन्त्री उपस्थित नहुने भएपछि सदनमा अहिले उनको प्रश्नोत्तरलाई कार्यसूचीबाट हटाइएको छ ।