काठमाडौँ –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा आज सुनुवाइ नसकिएपछि हेर्दाहेदैमा राखिएको छ ।


ADVERTISEMENT


न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा आज सुनुवाइ प्रारम्भ भए पनि नसकिएपछि हेर्दाहेर्दैमा बुधबारका लागि राखिएको हो । सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेका तर्फबाट दायर भएको उक्त बन्दी प्रत्यक्षीकरणको रिट पटक पटक हेर्न नमिल्ने सूचीमा परेको थियो ।


ADVERTISEMENT

# # #


प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सोमबार पेशी तोकिएको भए पनि हेर्न नमिल्ने सूचीमा राखिएपछि सुनुवाइ हुन सकेको थिएन ।