काठमाडौँ– मन्त्रिपरिषद् बैठक बोलाइएको छ । मंगलबार साँझ ५ बजे बस्नेगरी बैठक बोलाइएको हो ।
आजै बालुवाटारस्थित आजै कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरेका थिए । त्यसलगत्तै बैठक बोलाइएको हो ।
क्याबिनेट बैठक हिजै बस्नुपर्ने भएपनि स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री ओलीले बैठक स्थगित भएको जानकारी गराएका थिए ।
आजको बैठकबाट नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने चर्चा छ । यद्यपि, गभर्नर नियुक्तिका लागि बनेको सिफारिस समितिको बैठक भने अहिलेसम्म बसेको छैन ।