काठमाडौँ– गृहमन्त्री रमेश लेखकले राज्यको हरेक क्षेत्रमा पारदर्शिता कायम गर्न सूचनाको हक आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय सूचना आयोगले मंगलबार काठमाडौंमा आयोजना गरेको मन्त्रालयस्तरीय सूचना अधिकारीसंगको अन्तक्र्रिया कार्यक्रममा गृहमन्त्री लेखकले पारदर्शितामार्फत नै मुलुकमा सुशासन कायम हुने भएकाले राज्यको हरेक क्षेत्रमा पारदर्शिता कायम गर्न सूचनाको हक आवश्यक रहेको बताएका हुन् ।
उनले संविधानमा रहेका सूचनाको हकलाई राज्यले ग्यारेन्टी गर्ने जिकिर गरे । सूचनाको हक भन्ने बित्तिकै जे सूचना माग्यो त्यही दिनुपर्छ भन्ने नरहेको भन्दै उनले गोपनीयतासँग जोडिएका विषयमा ख्याल गर्न आग्रह गरे । त्यस्तै उनले कतिपय संवेदनशील बिषयमा समेत पारदर्शिता र सुशासनका नाममा सवै सूचना दिने हो भने मुलुकमा थिति बस्न नसक्ने धारणा राखे ।
उनले संविधानको व्यवस्थालाई सन्तुलित, विस्तारित र समग्रतामा बुझेर अघि बढ्न समेत सूचना अधिकारीहरुलाई सुझाव दिए ।