काठमाडौँ – सरकारले चालू आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि रु ५७ अर्व ४८ करोड बिनियोजन गरेको छ ।


ADVERTISEMENT


बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि क्षेत्रको आधुनिकीकरण गर्दै उत्पादन बढाउने लक्ष्यका साथ कृषि मन्त्रालयका लागि रु रु ५७ अर्व ४८ करोड बिनियोजन गरिएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


उहाले दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्री मधेसका २२ जिल्लामा चैते धान खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

चैते धान खेतीका लागि पूर्वाधार निर्माण गर्न रु ३३ करोड विनियोजन गरेको उनले बताए । पौडेलले प्रमुख खाद्यान्नको उत्पादनमा आत्मनिर्भर हुने गरी कार्यक्रम अघि बढाउने धारणा राखे ।

कृषि आधुनिकिकरण कार्यक्रम अन्तर्गत मल बिउ र प्रविधिमा अनुदान र सहुलियतका लागि रु ३ अर्ब ५० करोड बिनियोजन गरिएको उनले बताए ।