काठमाडौँ – सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई अघि बढाउने भएको छ ।


ADVERTISEMENT


बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले त्रिभुवन विमानस्थलमा देखिएको यात्रुको चापलाई मध्यनजर गर्दै निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्यलाई अघि बढाउने र अन्य अन्तराष्ट्रिय विमानस्थललाई प्रभावकारी ढंगले सञ्चालन गर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


भद्रपुर, टरिगाँउको स्तरोन्नती र सुर्खेत विमानस्थल निर्माण गर्ने उनले बताए । त्यस्तै पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई १३ अर्ब २८ करोड बिनियोजन गरिएको बताए ।

त्यस्तै उनले उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड बजेट विनियोजन गरेको जानकारी दिए । नेपाली निर्यातकलाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने नीति लिइएको उनले बताए । लगानी बोर्डको संस्थागत बिकास गर्नका लागि रु ७४ करोड जिनियोजन गरिएको उनको भनाइ छ । उनले कालोबजारीलाई रोक्दै उपभोक्ता अदालतलाई सवै प्रदेशमा बिस्तार गरिने जानकारी दिए ।

त्यस्तै पौडेलले आगामी आर्थिक वर्षभित्र १ सय स्थानीय तहमा भूमि बैंक संचालन गर्ने बताए । उनले कर्जा तथा निक्षेप सुरक्षण मार्फत सहकारीका ५ लाखसम्मका बचतकर्ताको बचतको सुरक्षण गरिन बताए ।

उनले समस्या ग्रस्त सहकारीका बचतकर्ताको निक्षेप तथा सञ्चालकको सम्पत्ति बिक्री गरेर फिर्ता गर्ने व्यवस्था गरिएको बताए । भूमिव्यवस्था मन्त्रालयका लागि रु ७ अर्ब ४९ करोड बिनियोजन गरिएको उनले जानकारी दिए ।