काठमाडौँ – पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको हत्या भएको २४औँ स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।


ADVERTISEMENT


यस अवसरमा स्व. राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले सोमबार जावलाखेलस्थित पूर्वराजा वीरेन्द्रको सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जलि सभाको आयोजना गरेको थियो । विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोजको कार्यक्रममा तत्कालीन राजा वीरेन्द्र,रानी ऐश्वर्य, अधिराजकुमार नीराजन,अधिराजकुमारी श्रुति,वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्यको हत्या भएको थियो ।


ADVERTISEMENT

# # #


सो घटनामा तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो । दीपेन्द्र पनि अस्पतालमा अर्ध मूच्र्छित अवस्थामा उपचाररत रहेपछि तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायवी घोषणा गरिएको थियो।दरबार हत्याकाण्डमा तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको दुई सदस्यीय समितिलाई छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको थियो ।

छानबिन समितिले दीपेन्द्रले सबैको हत्या गरी आत्महत्या गरेको भन्ने प्रतिवेदन बुझाएको थियो । राजा वीरेन्द्रको वंश नाश भएको सम्झनामा प्रत्येक वर्ष जेठ १९ गते विशेष कार्यक्रम गरी स्मरण गरिदैँ आएको छ ।