काठमाडौँ – सिंहदरबारमा तीन दलका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्माओली, नेपाली काँग्रेसभा सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीभ भेटवार्ता भएको हो ।


ADVERTISEMENT


भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । काठमाडौँमा राजावादीको प्रदर्शन उग्र भइरहेको र भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकविरुद्ध आवाज उठिरहेका बेला संघीय संसदबाट बजेट पास गर्नेपर्ने चटारोकाबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


ADVERTISEMENT

# # #


भेटमा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रियसभामा काँग्रेसका शीर्ष नेता कृष्ण सिटौला, र गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रबाट महासचिव देव गुरुङ, प्रमुख सचेतक हितराज पाण्डे, महेन्द्र राय यादव लगायत सहभागी थिए ।