काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्रं गृहमन्त्री रमेश लेखकलाई प्रतिनिधि सभामा बोल्न दिनेमा सकरात्मक देखिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बिहीबार बिहान बसेको पदाधिकारी बैठकले गृहमन्त्रीको धारणा सुन्नुपर्ने निष्कर्ष निकालेको हो।


ADVERTISEMENT


बैठकमा सहभागी एक पदाधिकारीका अनुसार गृहमन्त्रीलाई सदनमा बोल्न दिने सहमति त्यस अवस्थामा हुने छ, जब सरकारले मानव तस्करी प्रकरणमा छानबिन समिति गठन गर्ने स्पष्ट प्रतिबद्धता जनाउँछ। उनका अनुसार, ूउहाँहरूले सदनमा आफ्नो पक्ष राख्न चाहनुभएको छ। हामीले भन्न खोजेको के हो भने— उहाँको कुरा सुन्दौँ, यदि चित्तबुझ्दो भएन भने थप कदम चाल्न सक्छौं।ू


ADVERTISEMENT

# # #


माओवादीले मानव तस्करी प्रकरणलाई गम्भीर रूपमा लिँदै यसमा वर्तमान गृहमन्त्री मात्र नभई विगतका गृह प्रशासनहरू पनि छानबिनको दायरामा आउनुपर्ने माग अघि सारेको छ।

‘यो मानव तस्करीजस्तो गम्भीर विषय हो। त्यसैले विगतदेखि हालसम्मको भूमिका समेटेर छानबिन गर्ने प्रतिबद्धता सरकारबाट आउनुपर्छ। सदन चलाउन सरकार यति पनि गर्न सक्नुपर्छ’, ती नेताले बताए।

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भनिएपनि अहिलेसम्म बस्न सकेको छैन । बैठकअघि सत्तापक्ष र विपक्षी दलका नेताहरू आन्तरिक छलफलमा जुटिरहेका छन्। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी प्रवक्ता अग्नि सापकोटाले पनि छलफलपछि साझा निष्कर्षमा पुग्ने संकेत गरेका थिए। फाइल तस्बिर