काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा आफूविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको आरोप लगाएका छन् ।


ADVERTISEMENT


पतञ्जली जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा मुद्दा दायर भएपछि बिहीबार रौतहटमा सञ्चारकर्मीसंग कुरा गर्दै नेपालले आफ्नो राजनीतिक जिवन समाप्त पार्ने केपी ओलीको नियत नै रहेको भन्दै अहिले पनि ओली कै निर्देशनमा आफूविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको आरोप लगाएका हुुन् ।


ADVERTISEMENT

# # #


‘उहाँ (केपी ओली) मेरोविरुद्धमा सुरुदेखि नै लाग्नुभएको हो । मेरो राजनीतिक क्यारिअरलाई समाप्त पार्ने उहाँको नियतै हो ।’ उनले भने, ‘पहिले पनि उहाँले पटकपटक कोसिस गर्नुभएको हो । उहाँ बदलाको भवनाबाट चल्ने मान्छे हो ।’

अध्यक्ष नेपालले पतञ्जली जग्गा हिनामिना प्रकरणमा खराव नियतका साथ आफुले कुनै काम नगरेको दाबी गरे । आफू सधै भ्रष्टाचारको विरोधमा रहेको उनको भनाइ छ । मुद्दाबारे आफू कसैलाई आरोप लगाउने पक्षमा नरहेको बताउँदै उनले जुनसुकै प्रक्रियाका पनि सामना गर्न तयार रहेको बताए ।

उनले भने, ‘म कसैमाथि आरोप लगाउन चाहन्छ । तर, म आफै त्यस्तो कुनै पनि खराब नियतबाट लाभ उठाएर, भ्रष्टाचार गरेर कुनै पनि कामको निम्ति निर्णय वा आदेश दिने काम मबाट भएको छैन । त्यस्तो कुराको म विरोधमा छु । जुनसुकै प्रक्रियाको समाना गर्छु ।’