सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ । प्रदेशसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको हो ।


ADVERTISEMENT


छलफलमा भाग लिने प्रदेशसभा सांसदहरू ललिता सुनार, मानबहादुर धामी, तुलसी देवकोटा, धर्मराज पाठक, खुसीराम डगौरा थारू, प्रकाश रावल, डा ताराप्रसाद जोशी, मधुदेवी भारती, दमनबहादुर भण्डारी र पदमबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रममा कतिपय विषय छुटेका भन्दै ती विषय समेट्नुपर्ने सुझाव दिए ।


ADVERTISEMENT

# # #


यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले ‘सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गरियोस्’ भनी सभामा प्रस्ताव पेस गरेका थिए ।

आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेशसभाको सचिव र सचिवालय व्यवस्थापनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ माथि सामान्य छलफल गरिएको छ ।

उक्त प्रस्तावमाथि भएको छलफलमा प्रदेशसभा सांसद शिवराज भट्ट र चक्रबहादुर मल्लले भाग लिएका थिए । आन्तरिक मामिला तथा कानुनमन्त्री सार्कीले छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए । बैठकको प्रारम्भमा प्रदेशसभाअन्तर्गतको सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।