काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले एउटा दलको नाराबजीकाबीच सदन चलाउने तरिका ठीक नभएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभामा अर्थमन्त्री बिष्णु पौडेलले बजेटमाथिको छलफलको प्रस्ताव गरिरहँदा पाण्डेले एउटा दलको नारावाजीबीच जबरजस्त सदन चलाउने तरिका ठीक नभएकाले सहमति गरेर टुङ्गोेमा पुगेपछि मात्रै बैठक राख्न आग्रह गरे ।
उनले बजेट जस्तो महत्वपूर्ण विषयमा छलफल हुँदा नाराबाजी र होहल्लाका कारण केहि नबुझिएको बताए ।
बजेटमाथिको छलफल जारी रहँदा रास्वपा सांसदहरुले वेल घेराउ गर्दै नारावाजी गरेका छन् ।