काठमाडौँ – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय निजामती सेवा विधेयकमा जोडिएको ‘कुलिङ पिरियड’ प्रकरण विश्व इतिहासकै निकृष्ट र लाजमर्दो राजनीतिक ठगी भएको प्रतिक्रिया दिएका छन् ।


ADVERTISEMENT


मंगलबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै डा. भट्टराईले उक्त घटनाको जनि निन्दा गरे पनि कम हुने बताएका छन् । आइतबार प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयकमा पारित भएको थियो । तर, पारित भएको उक्त विधेयकमा राज्य व्यवस्था तथा सुशासन समितिको निर्णय विपरित अवकाशप्राप्त निजामती उच्च तहका निजामती कर्मचारीले २ वर्षसम्म सरकारी नियुक्ति लिन नहुने व्यवस्थामा ‘बाहेक’ शब्द घुसाएको पाइएपछि राजनीतिक तरंग सिर्जना भएको छ ।


ADVERTISEMENT

# # #


त्यसबारे प्रतिक्रिया दिँदै डा. भट्टराईले भनेका छन्, ‘कूलिंग अफ पिरियड’ भनिने सरकारी कर्मचारीहरूले अवकाश वा राजीनामा पछि अर्को ठूलो सरकारी भाग खान २ वर्ष पर्खनुपर्ने संसदीय समितिले पारित गरेको प्रावधान जालसाजीपूर्ण ढंगले हटाएर संसदबाट पारित गराएको घटना नेपाल मात्र हैन विश्व इतिहासकै निकृष्ट र लाजमर्दोमध्ये एक राजनीतिक ठगीको घटना हुनुपर्छ ।’

साथै उक्त हर्कत उच्च तहको कर्मचारी र राजनीतिक नेतृत्वको साँठगाँठमा यो देशमा कति ठूला राज्यदोहनकारी, राष्ट्रघाती र जनविरोधी अपराधहरू हुँदै आएका रहेछन् वा हुनसक्नेरहेछन् भन्ने यो जिउँदो र ताजा प्रमाण रहेको उनले बताएका छन् ।

डा. भट्टराईले अब टालटुले सुधारले नभई देशको समग्र राजनीति र राज्यप्रणालीकै अग्रगामी, लोकतान्त्रिक, समाजवादी पुनर्संरचना गर्न आवश्यक रहेका औँलाएका छन् ।