काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रवीण रमण पराजुलीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पुनः नियुक्त गरेको छ ।
कम्पनीको सञ्चालक समितिको ४७औँ बैठकले पराजुलीलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णयसँगै उनले साउन २९ गतेदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रूपमा पुनः जिम्मेवारी सम्हालेका छन् ।
पराजुलीले यसअघि पनि नेपाल लाइफको नेतृत्व गर्दै आएका थिए । कम्पनीले उनको अनुभव र नेतृत्व क्षमतालाई निरन्तरता दिँदै पुनः सीईओको जिम्मेवारी दिएको हो ।




























































