काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुले प्राप्त गरेका ज्ञान सीप र पूँजीलाई उद्यमशीलतासंग जोड्न सक्नुपर्ने बताएका छन् ।
मंलबार मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले नेपलमै रोजगारका लागि वातावरण बनाउन सरकार सक्षम रहेको भन्दै बाहिरबाट सिकेका सीपहरुलाई उद्यमशीलतासंग जोड्न आवश्यक रहेको बताए । मन्त्री भण्डारीले यस अधि मन्त्रालयले वैदेशिक रोजगारलाई मात्र सहजीकरण र प्रोत्साहान गरेको भन्दै वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई फर्काएर उनीहरुको सीप ज्ञान पूँजीलाई उद्यमशीलतामा परिणत गरी त्यसबाट रोजगार सिर्जना गरी मुलुको अर्थतन्त्रलाई विकास गर्ने मुल उद्देश्यका साथ निति तय गरेको समेत बताए ।
उनले सरकारले आन्तरिक रोजगारको निम्ती आगामी दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको रुपमा प्रर्वद्धन गर्ने निर्णय अनुसार संरचना गत परिवर्तनका लागि मन्त्रालयमा आन्तरिक रोजगार महाशाखा स्थापना गरेको समेत जानकारी दिए ।
उनले मन्त्रालयले महाशाखा अन्र्तगत रोजगारको अवसरहरुलाई चाहिने जनशक्ति तयार गर्ने, सीपको व्यवस्था गर्ने, निजी क्षेत्रको सहकार्यबाट मुलुकमा भएका रोजगारीका संभावनाहरुलाई श्रम मन्त्रालय अन्तरगतको राष्ट्रिय व्यवसायिक प्रतिष्ठान बाट तालिम गराएर आफ्नो काम सुरु गरिसकेको दाबी गरे । मन्त्री भण्डारीले प्रतिष्ठानले हालसम्म होटल एसोसिएशन नेपाल, कम्प्युटर एसोसिएशन नेपाल लगायत संग १३ वटा सस्थाहरुसंग सम्झौता गरिसकेको जानकारी दिए ।
कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गरेका ८ जना उद्यमीहरुलाई राष्ट्रिय उद्यमी पुरस्कारबाट सम्मान गरिएको थियो ।