काठमाडौं-  राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी नियन्त्रण गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन्।


ADVERTISEMENT


मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी तथा विदेशमा नेपालीहरू अलपत्र पर्ने क्रम बढेकाले यसको स्थायी समाधानका लागि संसदीय छानबिन आवश्यक रहेको बताएका हुन्।


ADVERTISEMENT

# # #


उनका अनुसार वार्षिक करिब ७ लाख युवा वैदेशिक रोजगारीमा जाने गरेकोमा झन्डै १ लाख ५० हजारभन्दा बढी व्यक्ति ठगीमा पर्ने गरेका छन्। भिसा र रोजगारी दिलाइदिने नाममा सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट व्यापक ठगी भइरहेको भन्दै उनले यसलाई धन्दाकै रूपमा सञ्चालन गर्नेहरूलाई कडा कारबाही गर्नुपर्ने बताए।

शाहीले वैदेशिक रोजगारीसम्बन्धी ठगी नियन्त्रणका लागि सत्तापक्ष र प्रतिपक्ष नभनी सबै दल एकजुट हुनुपर्नेमा जोड दिए। उनले विद्यमान कानुन पर्याप्त नभए तत्काल संशोधन गरेर भए पनि ठगीमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्।