काठमाडौँ– राष्ट्रिय सहकारी महासंघले असार २१ गते शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवसमा अवसरमा बिशेष समारोहको आयोजना गर्ने भएको छ ।
महासंघले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै समुन्नत विश्वका लागि समावेशी तथा दिगो समाधान अघि बढाउनु भन्ने अन्तराष्ट्रिय थिमका साथ शनिबार बिशेष रुपमा अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने जनाएको छ ।
महासंघले भूमिव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको समेत आयोजनामा औपचारिक कार्यक्रमको आयोजना गरेको महासंघकी अध्यक्ष ओमदेवी मल्लले जानकारी दिए ।
कार्यक्रममा अन्तराष्ट्रिय थिममा आधारित कार्यपत्र प्रस्तुत हुने, हेफर इन्टरनेशनल नेपाल र महासंघको संयुक्त अध्ययन प्रतिवेदन सार्वजनिक हुने तथा सहकारी क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिने मल्लले बताए ।
अन्तर्राष्ट्रिय सहकारी महासङ्घले सन् १९२३ देखी अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन सुरु गरेको हो । सहकारी दिवस मनाउने क्रममा संयुक्त राष्ट्र सङ्घले समेत समुदायको सामाजिक आर्थिक तथा सांस्कृतिक विकासमा सहकारीको महत्वपूर्ण योगदानको कदर गर्दै सन् १९९५ देखी संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय सहकारी दिवसको रूपमा मनाउन थालेको हो ।
हरेक वर्षको जुलाई महिनाको पहिलो शनिवारका दिन विश्वभरि सहकारी दिवस मनाइन्छ ।