काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसंग स्पेन भ्रमणमा गएकाहरु नफर्किएको बताएकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा संगै गएका केहि व्यक्तिहरु नफर्किएको खबर आइरहेको भन्दै गौतमले व्यक्ति विशेष कसैप्रति आरोप नभएपनि गम्भीर बिषय भएको धारणा राखिन् ।
प्रधानमन्त्री ओलीसहितको सरकारी टोली गत १४ असारमा स्पेन गएको थियो ।
संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन गएका प्रधानमन्त्री ओलीसहितको टोलीमा अन्य व्यक्ति पनि गएको र उनीहरू नफर्किएको उनले बताएकी हुन् ।